सबुपोखरी चिनाउन 'हाइकिङ'
पाेखरा | जेठ १३, २०८३
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) सिक्लेस, मादी गाउँपालिकाको सहयोगमा ताङ्तिङ क्रपुडाँडा सबुपोखरी मिजुरेडाँडा ट्रेकिङ रुटमा २ दिने हाइकिङ गरिएको कार्यक्रम संयोजक तथा मादी ५ का जनप्रतिनिधि ओमप्रकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार २ दिने हाइकिङमा पोखराका पर्यटन व्यवसायी, टान गण्डकीका प्रतिनिधि, गुरुङ पर्यटन व्यवसायी संघका प्रतिनिधि, हाइकर्स क्लब नेपालका प्रतिनिधि, पोखराका ट्रेकर्स ग्रुप, एक्यापका प्रतिनिधी र मादी गाउँपालिका वडा ८, ९, १०, १२ लगायतका जनप्रतिनिधहरु तथा स्थानीय गरि १३६ जना सहभागी थिए ।
हाइकिङको उद्घाटन गर्दै मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सिंगो मादी गाउपालिकाकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखेका थिए ।
उनले पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै प्रचारप्रसारकै कारण ओझेलमा परेको बताएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

